सप्तरी । आज बिहान वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार सप्तकोशी नदीमा आज बिहान नुहाउन जाँदा कोशी पुल नजिक चट्याङ लागेर महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव मृत्यु भएको छ ।
यसैगरी खेतमा धान रोप्न गएको बेला चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका बेल्ही चपेनका ४५ वर्षीय केसी साहको पनि मृत्यु भएको छ ।
राजगढ गाउँपालिका बेल्ही चपेनामा आफनो आँगंनमा काम गरिरहेको अवस्थामा १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छिन् । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असार २०७७, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु
चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु
झापामा चट्याङ लागेर २ जना घाइते
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु