कतारबाट एक सय ५८ जना नेपाली स्वदेश फर्किए

सफल खबर संवाददाता

विहीबार, ११ असार २०७७, १२ : ३७
कतारबाट एक सय ५८ जना नेपाली स्वदेश फर्किए

युएई । कतारबाट एक सय ५८ जना नेपाली आज स्वदेश फर्किएका छन् ।

हिमालयन एयरलाइन्स उडान न एचआईएम–५६३२ मार्फत कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट  स्थानीय समय अनुसार बिहान २ः०७ बजे एक सय ५८ जना नेपाल फर्किएका हुन् । 

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागिर गुमेका पीडितहरु छन् । फर्कनेहरुमा ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष रहेका छन् ।

उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन् । उनीहरुलाई विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो । नेपाली दूतावास दोहाका अनुसार यो पहिलो चरणको तेस्रो उडान हो ।

उनीहरुलाई सहजिकरण र बिदाइ गर्न दोहास्थित नेपाली दूतावासका प्रतिनिधि र एनआरएनए कतारका पदाधिकारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।