काठमाडौँ । जल तथा मौसम पूर्वानुमा महाशाखाले देशका अधिकांश क्षेत्रको मौसम बदली भएको देशभर वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी वायु र मनसुनी न्यून चापीय रेखा नेपाल नजिक रहेकाले मौसम बदली भएको हो ।
हाल देशका अधिकांश भू–भागमा बदली रहेको छ । प्रदेश १, २, ५, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । बिहीबार दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, २, ५, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेकाले ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असार २०७७, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?