महालक्ष्मी विकास बैंकद्वारा खानेपानी निर्माणमा सहयोग

मंगलबार, ०९ असार २०७७, १५ : ५८
महालक्ष्मी विकास बैंकद्वारा खानेपानी निर्माणमा सहयोग

चितवन । महालक्ष्मी विकास बैंक लिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकका हेटौंडा र टाँडी शाखाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित आनन्दभैरव आधारभूत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश. रु. एक लाख पचास हजार (रु.१,५०,०००) रुपैया र रु. एक लाख पैसठ्ठी हजार (रु.१,६५,०००) रुपैया गरी जम्मा रु. तीन लाख पन्ध्र हजार (रु.३,१५,०००) रुपैयाको आर्थिक सहयोग प्रदान गरेका छन ।

हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बंैकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष इन्द्रप्रसाद नेपाललाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । 

त्यसैगरी असार आठ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्यामबाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अशेष भण्डारीलाई रु. एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।