सडकमै सुतेर सरकारविरुद्ध विरोध प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०७७, १३ : ३५
सडकमै सुतेर सरकारविरुद्ध विरोध प्रदर्शन

काठमाडौं । काठमाडौंको शहिदगेट क्षेत्रमा युवाहरुले सडक तथा फुटपाथमै सुतेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

सरकारको विरोधमा स्वतस्फूर्त आन्दोलनमा उत्रिएका युवाहरुले सडकमा लाचार जनताको पीडा देखाउन सडकमा सुतेर प्रदर्शन गरेका हुन् । 

सो क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार उदाशिन बनेको, स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको, बेसारको महिमा गाएर सरकारले कामचाहिँ नगरेको भन्दै असन्तुष्टि जनाउने प्लेकार्ड समेत बोकेका थिए । 

प्रतिक्रिया दिनुहोस