२ करोडको लागतमा ब्राहमण समाज नेपालको भवन निर्माण शुरु

प्रकाश सिग्देल

शनिबार, ०६ असार २०७७, ११ : ३०
२ करोडको लागतमा ब्राहमण समाज नेपालको भवन निर्माण शुरु

चितवन । ब्राहमण समाज नेपाल चितवनले भवन निमार्ण कार्य सुरु गरेको छ । गत माघ १५ देखि २३ गतेसम्म भरतपुर ९ शरदपुरमा आफ्नै जमिनमा महायज्ञको आयोजना गरि महायज्ञबाट संकलित रकमले भवन निमार्ण कार्यको थालनी गरेको हो । शनिबार एक कार्यक्रमका बिच महायज्ञबाट उठेको रकमको आय ब्याय  सार्वजनिक गर्दै भवन निमार्ण कार्यको थालनी गरेको हो ।

ब्राहमण समाज र ओम कार परिवार संयुक्त रुपमा आयोजना गरेको महायज्ञमा २ करोड १६ लाख ९१ हजार ६ सय ६२ रुपैया  संकलन भएको र २१ लाख ४३ हजार २ सय ८८ रुपैया खर्च भएको महायज्ञ मुल समितिका संयोजक टंकनाथ पौडेलले बताउनु भयो । त्यस्तै १ करोड १४ लाख ७ हजार ८ सय ८९ रुपैया बोलकबोल उठाउन बाँकी रहेको पौडेलले जानकारी दिनु भयो ।  लेखा परिक्षक भोजराज न्यौपानेले आर्थिक प्रतिबेदन  मुल समितिका संयोजक टंकनाथ पौडेललाई हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै पौडेलले निकै कसरतका बिच सबैको साथ र सहयोगले महायज्ञ सफल बनेको र अब भवन पनि बन्ने बताउनु भयो । अहिले मौज्दात रहेको रकमले निमार्ण कार्य सुरु गर्दै गर्ने र उठाँउन बाकि रहेको रकम पनि उठाउदै जाने उहाँले बताउनु भयो । उहाले यो भवन सबै का लागी गौरवको बिषय बन्ने समेत बताउनु भयो । भवन निमार्णका लागी महायज्ञ समापनकै दिन महायज्ञ आर्थीक समितिका संयोजक राम प्रसाद ओस्तिलाई भवन निमार्ण समितिको संयोजक चयन गरिएको थियो । 

वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनमा २६ सय स्क्वायर फिटमा तिन तलाको  सुबिधा युत्त भवन निमार्ण गर्न थालिएको महायज्ञ मुल समितिका संयोजक पौडेलले बताउनु भयो ।   निर्माण हुने भवनमा दिवा सत्संग तथा योग कक्षा, धार्मिक पुस्तकालय, वृद्धवृद्धा तथा दुखीका लागि आवास सञ्चालन गरिने भवन निमार्ण समितिका संयोजक ओस्तीले बताउनु भयो । आफुहरुले सबै कच्चा पदार्थ निकै सस्तो मुल्यमा गुणस्तरीय कच्चा पदार्थ खरिद गर्ने र निकै बलियो आकर्षक भवन निमार्ण गर्ने ओस्तिको भनाई छ । 

समाजमा हराउदै गएको हिन्दु धर्मको ज्ञान र दर्शनको बारेमा आम मानिसमा जानकारी प्रवाहगरी सामाजिक जागरण ल्याउने, जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने, गरिव असाहय एवं ज्येष्ठ नागरिकको बहु आयामिक सहयोगार्थ अक्ष्यकोष मार्फत अभियान थाल्ने , पञ्चायन मन्दिर निर्माणका साथै दैनिक धार्मीक प्रर्वचनको ब्यवस्था गर्ने, धार्मीक पुस्तकालय एवं बाचनालय स्थापना गर्ने, प्रत्यक दिन योग कक्षा सञ्चालन गर्ने र गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने उदेस्यसहित महायज्ञ आयोजना गरिएको थियो ।

कार्यक्रममा ब्यवसायी मुकुन्द तिमिल्सेनाले ५०० बोरा सिमेन्ट निशुल्क उपलब्द्ध गराउने घोषणा गर्नु भएको थियो । भने भट्टराईले देशभरिमै सबै भन्दा सस्तो मुल्यमा रड सिमेन्ट उपलब्द्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस