डडेल्धुरा सदरमुकाम सिल

शुक्रबार, ०५ असार २०७७, १६ : ४०
डडेल्धुरा सदरमुकाम सिल

कैलाली। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम सिल गरिएको छ। आज दिउँसो ३ बजेदेखि लागू हुने गरी सदरमुकाम क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । 

अर्को सूचना जारी नहुन्जेलसम्मका लागि डडेल्धुरा सदरमुकाम सिल गरिएको छ । बै‌ंक, अस्पताल र सरकारी कार्यालय खुल्ला नै रहने छन् भने अतिआवश्यक बाहेकका सबै सेवा बन्द रहने छन् । कोरोना संक्रमितहरू डडेल्धुरा बजारमा समेत आएको जानकारी पाएपछि व्यापारीहरू समेत त्रसित भएका छन्।

यसअघि हिजोदेखि नै डडेल्धुराको गन्यापधुर गाउँपालिका सिल गरिएको छ। डडेल्धुरामा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस