दाजुभाई मिलेर १२ वर्षिया बालिकालाई बलात्कार, आरोपित पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०५ असार २०७७, ०९ : ४३
दाजुभाई मिलेर १२ वर्षिया बालिकालाई बलात्कार, आरोपित पक्राउ

अत्तरिया । कैलालीमा दाजुभाई मिलेर एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सोही ठाँउ  बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ ।  

पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Yeti Diistillery Tansen Cement box