घोडाघोडी । कैलालीको लम्किचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविमा रहेको क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदले माग गर्नुभएको छ ।
क्वारेन्टिनभित्र भएको सो घटनाले क्वारेन्टिन महिलाका लागि सुरक्षित नभएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्णा जोशीले बताउनुभयो ।
उहाँले बझाङ, डोटीलगायत जिल्लामा पनि क्वारेन्टिन भित्र महिलामाथि विभिन्न प्रकारका घटना भएको सार्वजनिक भइरहेकाले महिलालाई होम क्वारेन्टिनमा राख्नुपर्ने माग गर्नुभयो ।
प्रदेशसभा सदस्य नन्दा बमले बलात्कारको घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताउनुभयो ।
न्यूनतम मापदण्ड नपुगेका क्वारेन्टिनमा यसरी महिला राख्नु व्यवस्थापनको ठूलो कमजोरी भएको प्रदेशसभा सदस्य चुनकुमारी चौधरीको भनाइ छ । बलात्कारको आरोप लागेकाहरूमाथि छानबिन गरी आवश्यक कारबाही गरेर पीडितलाई न्याय दिलाउनुपर्ने सांसद चौधरीले बताउनुभयो । उहाँले क्वारेन्टिनलाई महिलामैत्री बनाउन सुदूरपश्चिम प्रदेश सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ असार २०७७, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ
ओखलढुंगामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
किशोरीलाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ