हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भई हाल हेटौँडा बस्दै आएका अन्दाजी २४ वर्षीय रवीन्द्र गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटाँडा–१० को एक ग्यारेजमा काम गर्दै आएका उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ असार २०७७, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु