धनुषा । सबैला नगरपालिका-७ बस्ने २५ वर्षीय अरुण कुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ २७ गते राति सोही ठाउँस्थति हनुमान राप्रवि लबटोलीकोपोखरीको डिलमा गोली प्रहार गरी हत्या भएको अवस्थामा अरुणको शव फेला परेको थियो । सोही घटनाको अनुसन्धानका लागि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाटतत्काल संयुक्त रुपमा खटिएको प्रहरीलेअनुसन्धानको क्रममा श्रवणले गोली प्रहार गरेको खुल्न आएको थियो । घटनापछि तत्काल फरार उनलाई खोजी गर्ने क्रममा महोत्तरीको भिढामोड नाकामा फेला पारी पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असार २०७७, १७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ