मेलम्ची । मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदूर र स्थानीय ठेकेदारले आयोजना विरुद्ध आज आन्दोलन गरेका हुन् । उनीहरुले आजबाट आन्दोलन शुरु गरेका हुन् ।
मेलम्ची खानेपानी आयोजनाको यस अघिको इटालियन ठेकेदार कम्पनी (सिएससी) ले बीचमा नै आयोजनाको काम छाडेर भागेपछि सिएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदूर र स्थानीय ठेकेदार लामो समयदेखि आन्दोलनमा छन् । कोभिड- १९ को महामारीको बेला २५ जना भन्दा बढी भिड गरी लकडाउनको उलङ्घन गरेको भन्दै प्रहरीेले आन्दोलनकारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आयोजना पीडित उत्तरकुमार श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, बलराम लामिछाने, राजनलाल श्रेष्ठ गरी तीन जना सप्लार्यस र दुई जना मजदूर गरी पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
लगातार तीन महिनासम्मको बन्दाबन्दी हुँदा पनि कोरोना भाइरसबाट तत्काल मुक्ति नपाइने विज्ञहरुले सुझाव दिएको र पीडितको मागप्रति खानेपानी मन्त्रालयले देखाएको छलकपटपूर्ण व्यवहारका कारण पीडितहरुले बाँकी रकम भुक्तानीको एक सुत्रीय माग गर्दै आन्दोलन पुनः सुचारु गरेका हुन् । स्थानीय भेन्डर तथा सप्लायर्सको इटालिएन ठेकेदार कम्पनी सिएमसीसँग मजदूर र स्थानीय आपूर्तिकर्ताले रु एक अर्ब ६७ करोड लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ असार २०७७, १७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारा तनाव : जेनजीका माग ३ दिनभित्र सम्बोधन गर्ने सहमति
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु
पानी बाँड्न हिँडेका सुधन गुरुङले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप
२४ गतेको विध्वंस, उग्र बनाउने पत्रकार, कलाकार देखि जेनजी अगुवा विरुद्ध किटानी जाहेरी
निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट, सुधार केन्द्र पठाइयो
आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब