मेलम्ची । मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदूर र स्थानीय ठेकेदारले आयोजना विरुद्ध आज आन्दोलन गरेका हुन् । उनीहरुले आजबाट आन्दोलन शुरु गरेका हुन् ।
मेलम्ची खानेपानी आयोजनाको यस अघिको इटालियन ठेकेदार कम्पनी (सिएससी) ले बीचमा नै आयोजनाको काम छाडेर भागेपछि सिएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदूर र स्थानीय ठेकेदार लामो समयदेखि आन्दोलनमा छन् । कोभिड- १९ को महामारीको बेला २५ जना भन्दा बढी भिड गरी लकडाउनको उलङ्घन गरेको भन्दै प्रहरीेले आन्दोलनकारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आयोजना पीडित उत्तरकुमार श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, बलराम लामिछाने, राजनलाल श्रेष्ठ गरी तीन जना सप्लार्यस र दुई जना मजदूर गरी पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
लगातार तीन महिनासम्मको बन्दाबन्दी हुँदा पनि कोरोना भाइरसबाट तत्काल मुक्ति नपाइने विज्ञहरुले सुझाव दिएको र पीडितको मागप्रति खानेपानी मन्त्रालयले देखाएको छलकपटपूर्ण व्यवहारका कारण पीडितहरुले बाँकी रकम भुक्तानीको एक सुत्रीय माग गर्दै आन्दोलन पुनः सुचारु गरेका हुन् । स्थानीय भेन्डर तथा सप्लायर्सको इटालिएन ठेकेदार कम्पनी सिएमसीसँग मजदूर र स्थानीय आपूर्तिकर्ताले रु एक अर्ब ६७ करोड लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ असार २०७७, १७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान
जाँचबुझ आयोगद्धारा ओली र लेखकलाई पत्र पठाउने तयारी
मिराजको नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा
भोलि शैक्षिक हड्ताल घोषणा
बारा तनाव : जेनजीका माग ३ दिनभित्र सम्बोधन गर्ने सहमति
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु