रेडियो, टेलिभिजनबाट पढाई हुने कार्यक्रमको प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०७७, १० : ४३
रेडियो, टेलिभिजनबाट पढाई हुने कार्यक्रमको प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिबारे आज सम्बोधन गर्दैछन्। लकडाउनका कारण विद्यालयहरू बन्द भएपछि अवरुद्ध पठनपाठन आजदेखि टेलिभिजन, रेडियोबाट  शुरू हुन लागेको हो ।

टेलिभिजनबाट शुरु हुने पढाईको शुभारम्भ गर्न आज प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनबाट १० बजेर ४० मिनटेमा शुभकामना सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन्। 

कोरोना महामारीको जोखिमबाट बच्‍न लागू गरिएको लकडाउनका कारण विद्यालयहरू बन्द भएपछि अवरुद्ध पठनपाठन आजदेखि विभिन्न माध्यमबाट  शुरू हुन लागेको छ। 
 

प्रतिक्रिया दिनुहोस