जनमत र संघर्षको दबाबमा परेर ओली नृतेत्वको सरकार नयाँ नक्सा संसदबाट पास गर्न बाध्य :  नेत्रविक्रम चन्द

सफल खबर संवाददाता

आइतबार, ३२ जेठ २०७७, ११ : १७
जनमत र संघर्षको दबाबमा परेर ओली नृतेत्वको सरकार नयाँ नक्सा संसदबाट पास गर्न बाध्य :  नेत्रविक्रम चन्द

काठमाडौँ । नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकार देशको हितमा एक कदम अघि बढेको बताएका छन् ।

आइतबार पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लबले जारी गर्दै विप्लवले जनमत र संघर्षको दबाबमा परेर केपी ओली नृतेत्वको सरकार अतिक्रमित भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको बताएका छन् । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको उल्लेख गरेका छन् ।

विल्पलद्वारा हस्ताक्षरित विज्ञप्तिमा  भनिएको छ –‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन् । उक्त जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’

विप्लवले नक्सा जारी गरेर मात्रै नहुने बताउँदै उक्त भूभागहरु नेपालको प्रत्यक्ष स्वामित्वमा लिनका लागि अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । ‘हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौँ’, उनले भनेका छन् ।

विप्लवले आम नागरिकलाई पनि सरकारको मुख नताकेर देशको सार्वभौमिकता र स्वाधिन्ताको पक्षमा हरदम जागरुक रहन अनुरोध गरेका छन् । ‘हाम्रो पार्टी देशमाथि कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रबद्धता स्पष्ट गर्न चाहन्छ,’ वक्तव्यमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस