चितवन । महालक्ष्मी विकास बैंक नारायणगढ शाखाले सामुदायिक विद्यालयको शौचालय निर्माणको लागि डेढ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकका नारायणगढ शाखा प्रमुख वीरेन्द्रकुमार चौधरीले भरतपुर महानगरपालिका वडा नं ११ मा रहेको जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयलाई शौचालय निर्माणको लागि डेढ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए । आजै बैंकले एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ ।
विद्यालयको शौचालय रोटरी क्लब अफ भरतपुरको समन्वयमा निर्माण भइरहेको छ । ‘रोटरी क्लब अफ भरतपुरले शौचालय निर्माण गरेको छ, त्यसमा रोटरीलाई सहजताको लागि महालक्ष्मी विकास बैंक नारायणगढले थप सहयोग गरेको हो’ शाखा प्रमुख चौधरीले जानकारी दिए । बैंकले रकम हस्तान्तरण पनि रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलगायतको टोलीलाई गरेको थियो ।
रकम हस्तान्तरणपछि अध्यक्ष ठकुरीले महालक्ष्मी विकास बैंकले शौचालय निर्माणमा सहयोग गरेकोमा उच्च प्रशंसा गरेका थिए । अध्यक्ष ठकुरीले निम्न वर्गका २०० विद्यार्थीै अध्ययन गर्ने जखडीमाईको विद्यालयको शौचालण अत्यन्तै जीर्ण रहेको हुनाले सहयोग गरेको बताए । शौचालय निर्माणपछि विद्यालयको वातावरण सफा भई विद्यार्थीहरुको मानसिकतामा पनिज सकारात्मक प्रभाव पर्ने अध्यक्ष ठकुरीको भनाइ थियो ।
महालक्ष्मी विकास बैंकका नारायणगढ शाखा प्रमुख चौधरीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शौचालय निर्माणलाई आर्थिक सहयोग गरेको बताए । उनले भने, ‘यसअघि पनि महालक्ष्मी विकास बैंकको नारायणगढ शाखाले मञ्जुश्री असहाय केन्द्रमा खाना खुवाउने कार्य, छात्रवृत्ति वितरण, डस्टविन वितरण, देवघाटको गलेश्वर आश्रममा सिसिटिभी हस्तान्तरणलगायत सरसफाइका विभिन्न कार्यक्रम गरेको छ ।’
महालक्ष्मी विकास बैंकको नेपालभरि १०२ शाखामार्फत सेवा दिइरहेको छ । यस बैंकको चितवनमा नारायणगढमा, १ भरतपुरमा १ र पूर्वीचितवनको टाँडी र खुरखुरेमा १\१ गरी ४ वटा शाखा रहेको छ । महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौँले यसअघि कोभिड १९ नियन्त्रणको लागि सात वटा प्रदेशलाई ५० लाख सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण
महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त
महालक्ष्मी विकास बैंंकले नगद लाभांश दिने
महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डायग्नोस्टिकमा छुट
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट