असार १ गतेबाट सबै सरकारी कार्यालयहरु खुल्ने

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०७७, ०८ : १८
असार १ गतेबाट सबै सरकारी कार्यालयहरु खुल्ने

काठमाडौं । लकडाउन शुरु भएसँगै लामो समय देखि बन्द रहेको सबै सरकारी कार्यालयहरु असार १ गतेबाट खुल्ने भएको छ । 

बुधबारको मन्त्री परिषदको बैठकले सबै सरकारी कार्यालयहरु खोल्न तयारी थालेको हो । पसल, कलकारखाना, व्यापारिक प्रतिष्ठान सबै खोल्न दिने निर्णय गरेसंगै सरकारी कार्यालय पनि खोलिन लागेको हो ।

सरकारी कार्यालयको सेवा सुचारु नहुंदा कतिपय सेवाग्राहीका अति आवश्यक कार्य समेत रोकिन पुगेको थियो । सरकारले कोरोना संक्रमण बढ्न नदिन र रोकथामका लागि भन्दै लकडाउन शुरु गरेको चैत ११ गतेबाट नै अत्यावश्यक सेवा बाहेकका सबै कार्यालयहरु बन्द रहेका थिए । 

प्रतिक्रिया दिनुहोस