आज दिनभरिको मौसम कस्तो रहला ? मनसुन नेपालमा भित्रिन केही ढिला हुने

बुधबार, २८ जेठ २०७७, ११ : १३
आज दिनभरिको मौसम कस्तो रहला ? मनसुन नेपालमा भित्रिन केही ढिला हुने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा यो वर्ष मनसुन केही ढिला सुरु हुने जनाएको छ। सामान्यतया नेपालमा जनु १० मा मनसुन सुरु भित्रिने गरेको भए पनि यो वर्ष केही ढिला हुने भएको हो। यो वर्ष मनसुनका लागि अनुकुल वातावरण अझै नबनेकाले ढिला हुने देखिएको मौसमविदहरुले बताएका छन् । 

 नेपालमा दक्षिण पूर्वी हावा मनसुनका लागि आवश्यक पर्ने गरी सक्रिय नरहेको तथा पानी पर्ने गतिविधि पनि नरहेकाले मनसुनका भित्रनका लागि केही दिन लाग्ने भएको हो । मनसुन भित्रिनका लागि दक्षिण पूर्वी हावा सक्रिय हुनुका साथै सतल १५०० मिटरमाथि जलवाष्पयुक्त वायु हुनु पर्ने उनले बताइन् । यस्तै बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपालको पूर्व हुँदै भित्रिएपछि मनसुन सुरु हुन्छ ।

तर अहिले पूर्वमा पानी पर्ने गतिविधि नरहेको र बंगालको खाडीमा बनेको मनसुनी न्यून चापीय रेखा पनि त्यति सक्रिय छैन । केही दिनमा जलवाष्पयुक्त वायु आउने तथा मनसुनी न्यून चापीय रेखा पनि सक्रिय भएपछि नेपालमा मनसुन सुरु हुने मौसमविदहरुले आंकलन गरेका छन् ।  नेपालमा पछिल्ला केही वर्षदेखि मनसुन केही ढिला गरी भित्रने गरेको छ।

हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का सबै भू–भाग तथा प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडि भू–भागमा सामान्य बदली भएको छ । यस्तै प्रदेश २ का पश्चिमतिरका भू–भागमा पनि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली भएको महाखाशाले जनाएको छ । । प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थान र प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस