इलाममा पनि भेटियो कोरोना संक्रमित

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०७७, २१ : ४२
इलाममा पनि भेटियो कोरोना संक्रमित

झापा । इलाममा मंगलबार पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संगै ७२ जिल्लामा कोरोना संक्रमणका देखिएको छ ।

भारतको चेन्‍नइबाट आएका सूर्योदय नगरपालिकाका २६ वर्षीय युवकको कोशी अस्पताल विराटनगरमा गरिएको पीसीआर परिक्षणमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो।

उनलाई उपचारका लागि पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको छ । प्रदेश नम्बर एकमा कोरोना भाइरसको संक्रमण नदेखिएको जिल्ला ओखलढुङ्गा मात्र रहेको छ।

 

प्रतिक्रिया दिनुहोस