चितवनमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०७७, १६ : १७
चितवनमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि

चितवन । चितवनमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गरिएको छ ।

भरतपुर–११ का ६८ वर्षीय ती पुरुषको जातीय संस्कार अनुरुप भरतपुर महानगरपालिका–१ स्थित बागीश्वरी जंगलको नारायणी नदी तटीय क्षेत्रमा आज अन्त्येष्टि गरिएको हो । मृतकका परिवारले पूजापाठ गरेपछि उनको शव गाडेर अन्त्येष्टि गरिएको हो ।

भरतपुरको आइसीयूबाट नेपाल आर्मीको कालीबहादुर गणको टोलीले निकालेर मृतक पुरुषको अत्येष्टि गरेको हो । उनको आज बिहान मृत्यु भएको हो ।