काठमाडौं । राष्ट्रियसभाका सांसदले कोभिड–१९ कारण शुरु गरिएको बन्दाबन्दीका समयमा गर्भवती र सुत्केरीले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दीपा गुरुङले लामो समयसम्म बन्दाबन्दी हुँदा गर्भवती र सुत्केरीले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको बताउँदै उनीहरुको उपचारमा प्राथमिकता दिन सरकारलाई आग्रह गरिन् ।
नेकपाकै नन्दा चपाईँले भनिन्, ‘नेपालको सदनमा हिन्दी भाषा बोलिन्छ, सदनमा हिन्दी भाषा बोल्ने काम संविधानको कुन प्रावधान, कुन धारा र कुन भागमा छ, यो जान्न चाहन्छु, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्शामा छैन, हाम्रो हैन भन्ने सांसदलाई कारवाही किन हुँदैन ? त्यस्तो बोल्ने सांसदलाई यथाशीघ्र कारवाही हुनुपर्छ ।’
सोही पार्टीकी नैनकला ओझाले नेपाल जस्तो कृषिप्रधान देशमा कृषकले उत्पादन गरेको फलफूल र तरकारीको उचित बजारको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २७ जेठ २०७७, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
राष्ट्रियसभा बैठक बस्दै : के-के छन् कार्यसूची ?
राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर हुने
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची