कैलाली । सुदूरपश्चिम प्रदेशका १२५ कोरोनाभाइरस ९कोभिड–१९० संक्रमितको उपचार भइरहेको छ । यसअघि १८ जना निको भइ घर गइसकेका छन् भने २ जना संक्रमितको मृत्यु भएको जनाएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारीअनुसार प्रदेशमा ९१६६ जनाको स्वाब संकलन गरिएको छ भने ७४८३ जनाको पीसीआर मेसिनबाट जाँच गरिएको जनाएको छ ।
७३३८ जनाको रिपोर्ट नेगेटिभ छ भने १४५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । जसमा १८ जना निको भएर घर गएका र २ जनाको मृत्यु पश्चात हाल १२५ जना संक्रमितको उपचार भइरहेको उनले बताए । १६८३ जनाको नतिजा आउन बाँकी रहेको उनले बताए ।
उनका अनुसार सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणबाट थप ३७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएसँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या १२५ र कूल संक्रमितको संख्या १४५ पुगेको हो । नयाँ पुष्टि भएका भएका ३७ जनामध्ये कैलालीको जानकी गाउँपालिका बस्ने वर्ष ४२ का १ जना पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका बस्ने वर्ष ३२, ४३ का २ जना महिला र वर्ष २३,२५,३२,का ३ जना पुरुष छन् ।
यसैगरी कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका बस्ने वर्ष २० का १ जना पुरुष , दार्चुला महाकाली नगरपालिका बस्ने १ जना पुरुष, सोही जिल्लाको तिल्का शैल्यशिखर नगरपालिका बस्ने वर्ष १७ ,२०,२०,२१,२७,२९,३०र ३४ का पुरुष छन् ।
डडेल्धुरा अमरगढी नगरपालिका बस्ने वर्ष १८ का १ जना महिला र ४५ वर्षको १ जना परुष रहेका छन् ।
डडेल्धुराको परशुराम नगरपालिका बस्ने वर्ष २२,२५,५७, का परुष र डडेल्धुराकै नवदुर्गा गाउपालिका बस्ने वर्ष २०,२१, का २ जनामा पनि कोरोना पुष्टि भएको छ । संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेशमा आइसोलेसन बेड संख्या २४९ वटा रहेकामा हाल १०५ जनालाई आइसोलेसनमा राखी उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०७७, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
उत्तराखण्डका तीन विभागीयमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको भेटवार्ता
सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
पञ्चेश्वर अगाडि बढ्छ, गेटामा मेडिकल विश्वविद्यालय बन्छ : प्रधानमन्त्री ओली
सुदूरपश्चिम प्रदेश सभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित