काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा बिहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ ।
काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका अधिकांश क्षेत्रमा सामान्य बदली भएको छ । यस्तै प्रदेश २, गण्डकी प्रदेशका धेरै भू–भागमा तथा प्रदेश १ का पहाडी क्षेत्रमा सामान्य बदलीको अवस्था छ । यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित प्रदेश ५ का केही भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
मंगलबार दिउँसो प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने मौसमविदले बताएका छन् । प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थान र कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा रहावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ ।
राति पनि प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भइ प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०७७, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना