राष्ट्रपति रनिङ शिल्ड चैत २३ बाट हुने

आइतबार, १३ फागुन २०७४, १८ : २८
राष्ट्रपति रनिङ शिल्ड चैत २३ बाट हुने

चितवन । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगमी चैत २३ गतेदेखि सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति चितवनले सञ्चालन गर्ने प्रतियोगिता चैत २३ क्षेत्र नम्बर १ बाट सुरु हुने भएको हो ।

क्षेत्र नम्बर १ को प्रतियोगिता खैरहनी माविमा चैतको २३, २४ र २५ गते, क्षेत्र नम्बर २ को प्रतियोगिता बालकुमारी मावि नारायणगढमा चैत २७, २८ र २९ गते तथा क्षेत्र नम्बर ३ को प्रतियोगिता शारदानगर माविमा २०७५ वैशाख २, ३ र ४ गते हुने जिल्ला खेलकुद विकास समिति चितवनका प्रमुख रामजी ढकालले जानकारी दिए ।

तीन वटै क्षेत्रबाट छनौट भएका खेलाडीहरुको जिल्ला छनौट भने वैशाख ७, ८ र ९ गने नारायणगढको क्याम्पाचौरमा हुने ढकालले बताए । त्यस्तै तेकवान्दो, कराँते र उसुको जिल्लास्तरीय प्रतियोगिता वैशाख ७ गते हुँदैछ । राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत फुटबल, भलिबल, दौडलगायतका खेलहरु हुँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस