काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारीको व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘कोरोनाको सङ्क्रमण र विश्व परिवेश’ विषयक भर्चुअल कार्यक्रममा उहाँले भोकमारी र बेरोजगारीको अन्त्यका लागि गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताउनुभएको हो ।
वरिष्ठ नेता पौडेलले गाउँमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको सङ्क्रमणमा गाउँ फर्केका नागरिकलाई गाउँमै रोजगारी र गाउँमै आम्दानीको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । “शहरमा उपलब्ध सेवालाई गाउँमा लगेर रोजगारी र आम्दानीको व्यवस्था मिलाउनसकेमात्र मुलुकको अर्थतन्त्र जोगाउन सकिन्छ”, उहाँले भन्नुभयो ।
उहाँले राज्यको सामाजिक रुपान्तरण हुन नसकेका कारण रुकुमको चौरजहारीमा जातीय विवेदसम्बन्धी घटना घटेको बताउनुभयो । सरकारले कोरोनाविरुद्धको लडार्इंमा सबैलाई समेटेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा काँग्रेस कपिलवस्तुका सभापति सुरेन्द्र आचार्य, रोल्पाका सभापति अमरसिंह पुन, गुल्मीका सभापति भुवन आचार्य, इलामका सभापति हिमालय कर्माचार्य, सङ्खुवासभाका सभापति दिपेन श्रेष्ठ, पाँचथरका सभापति नरेन्द्र केरुङ, कास्कीका सभापति कृष्ण केसी, तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्व रूपान्तरण हुनुपर्छ : राष्ट्रपति
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट