राष्ट्रियसभा अध्यक्षले चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने

रासस

विहीबार, २२ जेठ २०७७, १७ : १३
राष्ट्रियसभा अध्यक्षले चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने

फाइल फाेटाे

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने जनाएका छन् ।
 
संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा बिहीवार सो सम्बन्धी पत्र लेख्दै उनले राष्ट्रिय सभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने जानकारी गराएका हुन् ।
 
पत्रमा उनले मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठकभत्ता र भ्रमणभत्ता नलिने जनाएका छन् । उनले प्राप्त हुने भत्ता सरकारको राजस्व खातामा जम्मा गरिदिन समेत पत्रमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस