लकडाउन उलङ्घन गर्दै भोलिबाट बजार खुलाउने व्यवसायीहरुको घोषणा

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०७७, १९ : ५२
लकडाउन उलङ्घन गर्दै भोलिबाट बजार खुलाउने व्यवसायीहरुको घोषणा

काठमाडौं । लकडाउन घोषणा भएको आज ७२ औं दिनमा व्यवसायीहरुले लकडाउनको उलङ्घन गर्ने घोषणा गरेका छन् । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघले  भोलि बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् । 

सरकारले कर मागेको, बैंकले साँवा ब्याजको ताकेता गरेको र घरबेटीले घरभाडा मागेको अवस्थामा समेत व्यवसाय नखोले व्यवसाय पुन सुचारु गर्ने अवस्था नरहने भन्दै 
 बजार खुलाउनुको कारण उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस