काठमाडौ । चौतर्फी विरोधपछि अर्थ मन्त्रालयले कर तिर्ने समय सार्ने तयारी गरेको छ । लकडाउन कायमै रहेका बेला कर तिर्न सूचना प्रकाशित गरेपछि आलोचित बनेको मन्त्रालयले मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तशुल्क तिर्ने जेठ २५ गतेबाट सार्न लागेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग बुधबार भएको छलफलमा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कर तिर्ने जेठ २५ को समयसीमालाई पर सार्न आफूहरु तयार भएको बताए ।
लकडाउनपछि आर्थिक गतिविधि ठप्प भएपछि सरकारलाई कर तिर्न नसकिने भन्दै बुधबार सरकारको चर्को आलोचना भएको थियो । त्यसपछि सरकार जेठ २५ को समयसीमा सार्न लागेको हो । अर्थले मिति पर सारे पनि कहिलेसम्म तिर्नेभन्ने मिति तोकेको छैन । यद्यपि, अहिलेको समयलाई पर सारिने भएको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु