अमेरिकी आन्दोलनलाई मसालको समर्थन

बुधबार, २१ जेठ २०७७, १४ : ०५
अमेरिकी आन्दोलनलाई मसालको समर्थन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अमेरिकामा भइरहेको अश्वेत जातिको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहले बुधबार प्रेस वक्तव्य जारी गर्दै अमेरिकी आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् ।

वक्तव्यमा भनिएको छ, 'ने.क.पा. (मसाल) ले अमेरिकाको जातिवाद र त्यसका विरुद्ध उठेको न्यायपूर्ण आन्दोलनमाथि ट्रम्प शासनको दमनको भत्र्सना गर्दै अमेरिकी जनताको जातिवादका विरुद्धको न्यायपूर्ण आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछ ।'

प्रतिक्रिया दिनुहोस