कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं मेडिकल कलेजको आकस्मिकलगायत सबै सेवा बन्द

बुधबार, २१ जेठ २०७७, १२ : ४५
कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं मेडिकल कलेजको आकस्मिकलगायत सबै सेवा बन्द

काठमाडौं । अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं मेडिकल कलेजको आकस्मिकलगायत सबै सेवा बन्द गरिएको छ। 

अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुन सक्ने भन्दै आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।

मंगलबार अस्पतालको आइसोलेसनमा एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । 

अस्पतालले जारी गरेको विज्ञप्तिमा कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस