आज दिनभरिको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०७७, ०९ : ५४
आज दिनभरिको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले नेपालमा पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् ।

हाल पूर्वी नेपालमा सामान्य बदली रही अरु क्षेत्रको मौसम आंशिक बदली भएको छ। बुधबार दिउँसो देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

बाँकी भू–भागमा मौसम आशिंक बदली हुनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस