एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्र भइरहेको हिंसात्मक प्रदर्शन अन्त्यका लागि सेना परिचालन गर्ने चेतावनी दिएका छन् । ट्रम्पले प्रदर्शन रोक्नका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने उल्लेख गर्दै सेना परिचालन गर्ने चेतावनी दिएका हुन् ।
ट्रम्पले भनेका छन्–‘राज्यहरू हिंसात्मक प्रदर्शन रोक्न असमर्थ भइरहेका हुन् भने नागरिकको जीवन र सम्पत्ति रक्षा गर्न म सेना परिचालन गर्नेछु र हिंसात्मक प्रदर्शनको अन्त्य गर्नेछु’ । क्रुरताका कारण भएको जर्ज फ्लोइडको मृत्युबाट सबै अमेरिकी स्तब्ध भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘फ्लोइडको मृत्युबाट अमेरिका स्तब्ध छ, यसैका कारण आक्रोश पनि पैदा भएको छ । तर उनको मृत्यु व्यर्थ पनि भएन होला ।’
ट्रम्पले अमेरिकीलाई सम्बोधन गर्दै आफूमा कानूनी राज्य स्थापना गर्ने जिम्मेवारी रहेको स्मरण गर्दै शान्तिपूर्ण प्रदर्शनको आह्वान पनि गरेका छन् । आफू शान्तिपूर्ण प्रदर्शनको पक्षधर भएको स्मरण गराउदै ट्रम्पले प्रदर्शनका क्रममा भएका झडप, लुटपाट, तोडफोड, आक्रमण तथा भौतिक सम्पत्तिमा भइरहेको विनाश रोक्ने कुनै पनि कसर बाँकी नराख्ने चेतावनी पनि दिएका छन् ।
प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहित २३ राज्यका ७० भन्दा बढीमा शहरमा पुगेको छ । अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै ह्वाइट हाउससम्म प्रदर्शनकारीहरू पुगेपछि त्यहाँ सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
प्रदर्शनका क्रममा झडप, लुटपाट, तोडफोड र आक्रमणका घटना भइरहेका छन् । उच्च सुरक्षा तैनाथीसहित कर्फ्यू जारी गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाट रोकेका छैनन् । वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी, मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रहरीले ४१ सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
एउटा पसलमा नक्कली नोट दिएका भनिएका व्यक्ति जोर्ज फ्लोइडलाई समातेर गाडीमा राख्न खोज्दा नमानेपछि डेरेक शौभिन नामक ४४ वर्षीय सुरक्षाकर्मीले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृत्यु भएको आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २० जेठ २०७७, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा हस्ताक्षर
चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा
गाजाका सबै बन्धक सोमबार वा मंगलबार छुट्छन् : ट्रम्प
नोबेल शान्ति पुरस्कारको घोषणा हुँदै, ट्रम्पले पाउने सम्भावना कति ?