बाहिरी सतहमा कोरोना भाइरस कति दिन बाँच्छ ? यस्तो भन्छ तथ्यांक

सोमबार, १९ जेठ २०७७, १७ : १३
बाहिरी सतहमा कोरोना भाइरस कति दिन बाँच्छ ? यस्तो भन्छ तथ्यांक

काठमाडौँ । कोरोना भाइरसको प्रकोप यतिबेला विश्वभर फैलिरहेको छ । विश्व नै कोरोना भाइरसबाट आक्रान्त बनेको छ । मृत्यु दर र संक्रमित दर बढिरहेको छ । जति कोरोनाभाइरस सङ्क्रमण फैलिइरहेको छ, त्यति नै विभिन्न वस्तुको सतहहरूसँग हाम्रो डर पनि बढिरहेको छ।

संसारभर मानिसहरूले नयाँ अभ्यास गरिरहेका छन् । कतै कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाई उभिने र कार्यालयमा बिहान आफ्नो टेबुल सफा गर्ने यस्ता अभ्यास प्रशस्त मात्रामा देख्न सकिन्छ ।  कोरोनाभाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसहरूले खेलस्थल र सडकहरूमा भाइरस मार्ने औषधि छर्किरहेको छन् । 
कार्यालय, अस्पताल, पसल र भोजनालयहरूमा सफा गर्ने क्रम बढेको छ। वास्तवमा बाहिरी सतहमा कोरोना भाइरसक कति दिन बाच्न सक्छ ? एकपटक खोक्दा मानिसले ३,००० थोपा निस्कन्छ। यी थोपाहरू अन्य मानिसहरू वा लुगा वा वरपरका सतहरूमा अड्कन सक्छ र केही साना थोपाहरू हावामै रहन पनि सक्छ। मानिसले गर्ने दिसामा पनि भाइरस हुनसक्छ र शौचालय गएर राम्रोसँग हात नधुँदा पनि हातबाट अन्य सतहमा सर्न सक्छ।

अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ट प्रीभेन्सन सीडीसीले भाइरस सर्ने प्रमुख माध्यम भाइरस भएको सतह हातले छुने र त्यसपछि त्यो हातले अनुहार छुने कार्य नभएको बताएको छ। तर सीडीसी, विश्व स्वास्थ्य सङ्गठन र अन्य स्वास्थ्य संस्थाहरूले हात धोइरहनु र छोइरहने स्थानका सतहहरू दैनिक सफा गर्नु कोभिड १९ बाट बच्नका लागि आवश्यक भएको बताएका छन्।

भिडिओ नधोइएका फोहोर हातमा किटाणु कसरी फैलिन्छन् तर स्पष्ट नभएको एउटा तथ्य भने कोभिड १९ रोग लगाउने  नामक भाइरस मानव शरीर बाहिर कति बाँच्न सक्छ भन्ने कुरा हो। अन्य कोरोनाभाइरसमाथि गरिएको अध्ययनहरूले ती भाइरसहरू धातु, ग्लास र प्लास्टिकमा नौ दिनसम्म बाँच्न सक्ने देखाएको छ। जाडो स्थानमा कुनै भाइरसहरू २८ दिनसम्म रहन सक्छन्। कोरोनाभाइरसहरू अन्य भाइरसभन्दा धेरै बाँच्न सक्छन् र अध्ययनकर्ताहरू यस्तो अवस्थामा नयाँ कोरोनाभाइरस सङ्क्रमणलाई कसरी असर गर्छ भनेर अध्ययन गरिरहेका छन्।

न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा प्रकाशित उनीहरूको अध्ययन निष्कर्षमा वायुमा ती भाइरस खोकीका थोपामा तीन घण्टासम्म जीवित रहने देखिएको छ। तर सो अध्ययनले भाइरस कागतमा २४ घण्टासम्म एवम् प्लास्टिक र स्टीलको सतहमा २–३ दिनसम्म जीवित रहने देखाएको छ।

यसको अर्थ यो भाइरस ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटर किबोर्डहरूमा लामो समय जीवित रहन सक्छ। ती अध्ययनकर्ताहरूका अनुसार तामाको सतहमा भने ती भाइरस चार घण्टा मात्रै बाँच्न सक्ने देखिएको छ। कोरोनाभाइरसको सम्बन्धमा प्रत्येक खोकीको थोपामा कतिवटा भाइरस हुन्छ भन्ने अध्ययन नभए पनि रुघाखोकीको भाइरस भने प्रत्येक थोपामा दशौँ हजारको सङ्ख्यामा हुन्छ। लुगामा कति समय नयाँ कोरोनाभाइरस जीवित रहन्छ भन्ने स्पष्ट छैन। बिबिसीबाट