डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छन् । मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
सुत्केरी व्याथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनीको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । सुत्केरी भएको दुई दिनपछि आज बिहान उनीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । नावजात शिशुको अवस्था सामान्य रहेको अस्तालले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ जेठ २०७७, १७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु