दशगजा क्षेत्रमा भारतीयद्वारा सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास भएपछि हवाई फायर

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०७७, १३ : ४९
दशगजा क्षेत्रमा भारतीयद्वारा सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास भएपछि हवाई फायर

काठमाडौँ । सर्लाहीका विष्णु गाउँपालिका–पकडीस्थित दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । 

३०–४० जनाको भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर समेत गरेको छ । भारतीय नागरिकको समूहले हुल बाँधेर प्रहरीको हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गरिएको सशस्त्रका प्रवक्ता प्रविण कुमार श्रेष्ठले जानकारी दिए । झडपको क्रममा मानवीय क्षति भएको छैन ।

हवाई फायरपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको छ । सो क्षेत्रमा अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस