काँग्रेस केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा जारी

आइतबार, १३ फागुन २०७४, १० : ४३
काँग्रेस केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा जारी

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान नौ बजेबाट सुरु भएको बैठकमा संसदीय दलकोे विधान पेश गर्ने कार्यक्रम रहेको छ ।

शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकले संघीय संरचना अनुसार दलको विधान पारित गरेको थियो । सोही विधान केन्द्रीय समितिले पारित गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्ने प्रवक्ता विश्वप्रकाश शर्माले बतए ।

संसदीय दलको विधान पारितसँगै समसामयीक विषयमा समेत छलफल हुने नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनका अनुसार चुनावी समिक्षाका साथै काँग्रेसको भावी रणनीतिका बारेमा समेत बैठकमा छलफल हुनेछ । संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला तथा नेता प्रकाशमान सिंहले आकांक्षा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस