Safal Khabar - अब रिचार्ज र सिमकार्ड किन्दा थप २ प्रतिशत कर तिर्नुपर्ने
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
अब रिचार्ज र सिमकार्ड किन्दा थप २ प्रतिशत कर तिर्नुपर्ने
शनिबार, १७ जेठ २०७७, ०८ : २३
अब रिचार्ज र सिमकार्ड किन्दा थप २ प्रतिशत कर तिर्नुपर्ने
फाईल फोटो

काठमाडौं । दुई वर्षअघि इन्टरनेटमा १३ प्रतिशत कर बढाएको भनि आलोचित अर्थमन्त्री युवराज खतिवडाले यो पटकको बजेटमा रिचार्ज र सिमकार्डमा पनि २ प्रतिशत कर बढाएका छन् । दूरसञ्चार स्वामित्व शुल्कअन्तर्गत कर बढेको हो । 

यसअघि यो शीर्षकको कर ल्याण्डलाइन फोन र पोस्टपेड सिममा एक पटकका लागि ५०० रुपैयाँ तय गरिएको थियो । 

तर उपभोक्ताले अब जुनसुकै सिम र रिचार्ज कार्ड किन्दा २ प्रतिशत अतिरिक्त महसुल तिर्नुपर्नेछ ।  मोबाइलमा पोस्टपेड सिम लिँदा स्वामित्व शुल्कबापत एक पटक तिर्नुपर्ने ५०० रुपैयाँ भने हटेको कान्तिपुर दैनिकमा खबर छ ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस