छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्दै महन्थ ठाकुर

शुक्रबार, १६ जेठ २०७७, १७ : १३
छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्दै महन्थ ठाकुर

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन्।

उनले गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गराउन सचिवालय पुगेका हुन्। यसअघि सरकारले संविधानको अनुसूचीमा रहेको निशान छापको नेपालको नक्सा परिवर्तन गर्न छुट्टै संशोधन विधेयक संसदमा दर्ता गरेको थियो।

भारतले अतिक्रम गरेको कालापानी क्षेत्रको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको सरकारले उक्त नक्सा कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो।

प्रतिक्रिया दिनुहोस