होम आइसोलेनमा रहेकी गर्भवतीको मृत्यु, कोरोना संक्रमणको आशंका

सफल खबर संवाददाता

मंगलबार, १३ जेठ २०७७, ११ : ०७
होम आइसोलेनमा रहेकी गर्भवतीको मृत्यु, कोरोना संक्रमणको आशंका

सांकेतिक तस्बिर ।

काठमाडौं । होम आइसोलेसनमा रहेकी सप्तरीकी एक महिलाको मृत्यु भएको छ । गर्भवती रहेकी ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको आशंका गरिएको छ । 

सप्तरीको कञ्चनरुप नगरपालिका–११ की २४ वर्षीया ती गर्भवती महिलालाई सोमबार राति  ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । 

१० दिन अगाडि नै ती महिलालाई ज्वरो आएको थियो । ज्वरो १००.२ डिग्री आएको र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत ८ जेठमा राजविराज स्थित डा.विनिता यादवको क्लिनकमा उपचारका लागि ल्याइएको थियो ।

उनलाई पिसाबको संक्रमण (यूटीआई) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम आइसोलेसनमा रहन सल्लाह दिएको स्वास्थ्य प्रमुख यादवले बताए । सन्तानकी आमा ती महिला तेस्रो पटक गर्भवती भएकी थिइन् । कोरोना संक्रमणसित मिल्ने लक्षण देखिएको र होम आइसोलेसनमा रहँदा उनको मृत्यु भएपछि आजै उनको स्वाब परिक्षणको लागि लिने तयारी भईरहेको यादवले बताए । 

प्रतिक्रिया दिनुहोस