४ जनाको मृत्यु भइसक्दा प्रधानमन्त्री ओलीद्वारा ३ जनाको मृत्यु भएको भन्दै सम्वोधन

सफल खबर संवाददाता

सोमबार, १२ जेठ २०७७, १७ : ४६
४ जनाको मृत्यु भइसक्दा प्रधानमन्त्री ओलीद्वारा ३ जनाको मृत्यु भएको भन्दै सम्वोधन

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा आलीले सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै नेपालमा हालसम्म ३ जनाको मात्रै मृत्यु भएको बताएका छन् । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कुनै मानवीय क्षति नहोस् भन्ने सरकारको अथक प्रसायका बाबजुत पनि यसबीचमा ३ जनाको मृत्यु भएको बताए । 

उनले उनीहरुसहित स्वदेश तथा विदेशमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । 

हालसम्म बारा, सिन्धुपाल्चोक, बाँके र गुल्मीमा गरी ४ जनाको मृत्यु भएको छ । यस्तै ६८२ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस