प्रदेश २ मा एकै दिन ५४ जना संक्रमित थपिए

सोमबार, १२ जेठ २०७७, १४ : १३
प्रदेश २ मा एकै दिन ५४ जना संक्रमित थपिए

जनकपुरधाम । प्रदेश २ मा एकै दिन ५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको ७२ जना संक्रमितमध्ये ५४ जना प्रदेश २ कै छन् ।

सबैभन्दा बढी रौतहटमा थपिएका छन् । रौतहटमा २६ जना थपिंदा बारामा २३ जना थपिएका छन् । धनुषामा ३ जना र सप्तरीमा २ जना थपिएका छन् ।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ सय ३२ पुगेको छ ।

सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा छन् । पर्सामा ९० जना, रौतहटमा ५२ जना, बारामा ३६ जना, सर्लाहीमा ३४ जना, धनुषामा ११ जना, महोत्तरी र सप्तरीमा ४र४ जना र सिरहामा १ जना संक्रमित देखापरेका छन् ।

संक्रमितमध्ये ५ जना यस प्रदेशका स्थायी बासिन्दा भए पनि काठमाडौंमै बस्दै आएका छन् । संक्रमितहरुको विभिन्न ठाउँको आइसोलेसनमा उपचार भइरहेको छ ।

संक्रमितमध्ये २० जना निको भएर घर फर्केका छन् । पर्साका १८ संक्रमित आइतबार राति निको भएर घर फर्केका छन् भने दुई जना यसअघि नै निको भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।