भारतमा सोमबारदेखि घरेलु उडान सुरु हुने

एजेन्सी

विहीबार, ०८ जेठ २०७७, १४ : ११
भारतमा सोमबारदेखि घरेलु उडान सुरु हुने

एजेन्सी । कोरोना भाइरसको संक्रमण कम गर्न लकडाउन गरेको दुई महिनापछि भारतले सोमबारदेखि घरेलु उडान सुरु गर्ने भएको छ । यात्रुहरुले सरकारले तोकेका केही नियम पालना गरेर यात्रा गर्न पाउनेछन् । उनीहरुले सरकारी कन्ट्याक्ट ट्रयासिङ एप डाउनलोड गर्नुपर्नेछ र उनीहरुको थर्मल स्क्रिनिङ समेत हुनेछ । 

एयरपोर्टभित्र मास्क र पञ्जाको प्रयोग पनि अनिवार्य गरिएको छ । त्यस्तै, एयरपोर्ट आउने क्रममा उनीहरुले तोकिएको निश्चित ट्याक्सी वा निजी सवारी प्रयोग गर्नुपर्नेछ । 

नागरिक उड्डयनमन्त्री हर्दिप पुरीले सबै विमानस्थल र एयरलाईन्सलाई सेवा सञ्चालनका लागि तयार रहन भनिएको बताए । 

२५ मार्चमा भारतले आफ्नो २ दशमलव ९ ट्रिलियन डलरको अर्थतन्त्र सटडाउन गरेको थियो । उद्योग बन्द भएका थिए र १ अर्बभन्दा धेरै जनसंख्यालाई घरभित्रै बस्न भनिएको थियो ।