कोरोना सन्त्रासका बिच अमेरिकामा लकडाउन खुकुलो

विहीबार, ०८ जेठ २०७७, १० : ०९
कोरोना सन्त्रासका बिच अमेरिकामा लकडाउन खुकुलो

सांकेतिक तस्बिर ।

एजेण्डा । कोरोना भाइरसले आक्रान्त बनाउदैं लगेपछि अमेरिकामा दुई महिनादेखि जारी लकडाउन केही खुकुलो भएको छ । अमेरिकाक सबै ५० राज्य आंशिक रुपमा खुल्न थालेका छन् । राज्यअनुसार कोरोना संक्रमणको अवस्था फरक रहेकाले कस्ता व्यवसाय र कति समय खोल्न दिने भन्ने नियम फरक रहेको छ ।

लकडाउन खुकुलो पार्न सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले ६० पृष्ठको निर्देशिका जारी गरेपछि त्यसैका आधारमा राज्यहरूले लकडाउन खुकुलो बनाएका हुन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म ९४ हजारभन्दा बढीको मृत्यु भएको छ । ११ लाख भन्दा बढी संक्रमित छन् । 

प्रतिक्रिया दिनुहोस