आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०७७, ०८ : २८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने  जनाएको छ । स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको हो ।

अरु क्षेत्रमा भने सोमबार मौसम सफा नै रहने छ ।अहिले पहाडी  भू–भागका केही स्थानमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।  सोमबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पहाडका एक–दुई स्थानमा अपराहन्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा अपराहन्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस