काठमाडौं । रामेछाप, ताप्लेजुङ र कञ्चनपुरमा गरी तीनि जना मृत अवस्थामा फेला परेका छन् । रामेछापको मन्थली नगरपालिका-११ घुसिनीस्थित तामाकोशीनदीको किनारमा परिचय नखुलेकी करिब ३५ वर्षीया महिला शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।
\यसैगरी ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका-१ नाङखोल्यङबस्ने ६१ वर्षीया अर्थमाया राई फुङलिङ नगरपालिका-६ सिद्दिडाँडा छेउ हिरोखोल्सामा मृत अवस्थामा फेला परेकी छन् । बिहीबार घरबाट निस्किएर हराएकी उनको खोजी गर्ने क्रममा शनिबार बिहान उक्त ठाउँमा शव फेला परेको हो ।
यसैबीच कञ्चनपुरको भिमदत्त नगरपालिका-४ स्थित बसपार्क नजिक डेरा गरी बस्ने ६२ वर्षीय बल बहादुर थापा पनि उनकै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्री६२य समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ जेठ २०७७, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते