विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०७७, १२ : २५
विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला

सांकेतिक तस्बिर ।

काठमाडौं । रामेछाप, ताप्लेजुङ र कञ्चनपुरमा गरी तीनि जना मृत अवस्थामा फेला परेका छन् । रामेछापको मन्थली नगरपालिका-११ घुसिनीस्थित तामाकोशीनदीको किनारमा परिचय नखुलेकी करिब ३५ वर्षीया महिला शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् । 

\यसैगरी ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका-१ नाङखोल्यङबस्ने ६१ वर्षीया अर्थमाया राई फुङलिङ नगरपालिका-६ सिद्दिडाँडा छेउ हिरोखोल्सामा मृत अवस्थामा फेला परेकी छन् । बिहीबार घरबाट निस्किएर हराएकी उनको खोजी गर्ने क्रममा शनिबार बिहान उक्त ठाउँमा शव फेला परेको हो । 

यसैबीच कञ्चनपुरको भिमदत्त नगरपालिका-४ स्थित बसपार्क नजिक डेरा गरी बस्ने ६२ वर्षीय बल बहादुर थापा पनि उनकै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्री६२य समाचार कक्षले जनाएको छ ।