काठमाडौँ महानरपालिकाका ९ सय ३४ जना कर्मचारीको रिपोर्ट नेगेटिभ

सफल खबर संवाददाता

शनिबार, ०३ जेठ २०७७, २२ : ०३
काठमाडौँ महानरपालिकाका ९ सय ३४ जना कर्मचारीको रिपोर्ट नेगेटिभ

काठमाडौं । काठमाडौं महानरपालिकाको वातावरण व्यवस्थापन बिभागमातहतमा रहेका ९ सय ३२ जना कर्मचारी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।  

शुक्रबार ६ सय ६४ जनाको आरडीटी (¥यापिड डाइग्नोष्टिक टेष्ट) र २ सय ६८ जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो । आरडीटी (¥यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गरिएकोमा ३ जना महिला स्वास्थ्य स्वयम्सेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको थियो । त्यसपछि उनीहरुको पनि पीसीआर गरिएको थियो ।

उनीहरु बाहेक २ सय ७० जनाको पीसीआर परीक्षण गरिएको थिया । पीसीआर गरिएका सबैको नजिता नेगेटिभ आएको काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख हरी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँहरु सबैको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले परीक्षण गराएको हो ।  
परीक्षणमा पोजेटिभ नतिजा आएका सबैलाई टेकुस्थित वातावरण व्यवस्थापन बिभागको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस