काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ । धुलिखेल अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिलाको मृत्यु भएको पुष्टि गरे ।
ती महिलाले ९ दिनअघि मात्रै शिशुलाई जन्म दिएको र एकाएक श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।
हाल सुत्केरीको शव अस्पतालमा नै राखिएको छ भने उनलाई कोरोनाको आशंका गर्दै स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरिएपनि रिपोर्ट सार्वजनिक गरिएको छैन ।
ती महिलाले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ९ दिनअघि शिशुलाई जन्म दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०७७, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु