काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ । धुलिखेल अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिलाको मृत्यु भएको पुष्टि गरे ।
ती महिलाले ९ दिनअघि मात्रै शिशुलाई जन्म दिएको र एकाएक श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।
हाल सुत्केरीको शव अस्पतालमा नै राखिएको छ भने उनलाई कोरोनाको आशंका गर्दै स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरिएपनि रिपोर्ट सार्वजनिक गरिएको छैन ।
ती महिलाले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ९ दिनअघि शिशुलाई जन्म दिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०७७, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु