काठमाडौँ । प्रतिनिधि सभा कार्यव्यबस्था परामर्श समितिको बैठक आज २०७७ जेठ ३ गते दिउँसो १ बजे सिंहदरबारमा बस्यो । बैठक संसदमा प्रतुत नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सञ्चानलका विषयमा केन्द्रीत भयो ।
जस अनुुसार यहि जेठ ४ र ५ गते २ दिन छलफल हुुने, सम्पुर्ण सुरक्षा सतर्कता अपनाएर बैठक सञ्चालन गर्ने, माननीयहरुलाई पहिले आफु बसेको सीट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने, ६ गते छलफलका क्रममा उठेका प्रश्नको प्रधानन्त्रीले जवाफ दिनेगरी व्यबस्था गर्ने निर्णय भयो ।
प्रतिक्रिया दिनुहोस