प्रदेश २ का ८ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण

सफल खबर संवाददाता

शनिबार, ०३ जेठ २०७७, १० : ४५
प्रदेश २ का ८ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण

काठमाडौं ।  प्रदेश नम्बर २ का सबै जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ ।  सिरहामा पनि शनिबार एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश नम्बर २ का ८ जिल्लामै कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।  यस्तै प्रदेश नम्बर २ का जिल्लाहरु पर्सामा ९१, सर्लाहीमा २, सप्तरीमा १, धनुषामा ४, बारामा ३, रौतहटमा ३ र महोत्तरीमा २ जनामा कोरोना संक्तमण पुष्टि भएको छ।

शनिबार ६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस