लकडाउनमा पनि कडा अभ्यास गर्दै फुटबलर नेइमार

एजेन्सी

शनिबार, ०३ जेठ २०७७, ०९ : ५६
लकडाउनमा पनि कडा अभ्यास गर्दै फुटबलर नेइमार

एजेन्सी । फुटबलर नेइमारले कोरोना भाइरसको महामारीका बेला पनि कडा मेहनत गरिरहेको बताएका छन् । पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड नेइमार हाल ब्राजिलमा छन् ।

कोरोना भाइरसको महामारी कारण ब्रेकमा रहे पनि आफूले भविष्यमा कुनै पनि बेला सुरु हुने खेलका लागि आफूलाई तयारी अवस्थामा राख्न कडा प्रशिक्षण गरिरहेको बताएका हुन् । फ्रान्समा गएको मार्च १३ देखि फुटबल गतिविधि निलम्बित छ । कोरोना भाइरसका कारण लिग वान चाँडै नै अन्त्य गरी पिएसजीलाई उपाधि विजेता घोषित गरिएको थियो ।

तर पिएसजीले यो सिजनको च्याम्पियन्स लिगका खेलहरु भने खेल्न बाँकी छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले लिग टुंग्याउने अपेक्षा गरिरहेको छ । नेइमारले भनेका छन्, ‘एक मात्र उद्देश्य क्लब गतिविधि पुनः सुरु हुने अनुमति पाए लगत्तै सम्भव भएसम्मको पूर्ण क्षमतामा उपलब्ध हुनु हो । त्यसैले कडा प्रशिक्षण गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस