Safal Khabar - नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो भएको छ : राष्ट्रपति
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो भएको छ : राष्ट्रपति
शुक्रबार, ०२ जेठ २०७७, १७ : १५
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो भएको छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्न सिद्धान्तको पालना गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाएको दाबी गरेकी छिन् ।

शुक्रबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा उनले सार्वभौम समानता, पारस्परिक सम्मान र लाभ, न्यायपूर्ण दुईपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय दायीत्वहरुको आधारमा राष्ट्रियहितको संरक्षण र प्रवद्धन गर्ने गरी परराष्ट्र सम्बन्ध विकास र विस्तार गरिरहेको बताइन् ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस